काठमाडौँ – विभिन्न फरक ठाउँमा प्रहरीले ७ जनाको शव फेला पारेको छ । प्रहरीले धादिङको गजुरी ६ आदमघाटका ६५ वर्षीय पदम बहादुर रोकाय र धादिङ धुनिबेशी ६ कालेपानीमा मकवानपुरका ५२ वर्षीय कृष्णप्रसाद घिमिरेलाई मृत अवस्थामा फेला पारेको हो ।


ADVERTISEMENT


यसैगरी काभ्रे वाङथलीका ५३ वर्षीय साङदोर्जे तामाङको शव सोही ठाउँमा भेटिएको छ । कैलाली टिकापुरमा ४५ वर्षीय जुगमान चौधरी, नवलपरासी गैँडाकोटमा ४२ वर्षीय खिम बहादुर सापकोटा र सिन्धुपाल्चोक त्रिपुरासुन्दरीमा जलविद्युत केन्द्रको ड्याममा सोही ठाउँका २० वर्षीय सबिना प्रहरीको शव भेटिएको छ ।


ADVERTISEMENT

# # #


दाङको सृष्टि होटलमा सोी ठाउँका ४१ वर्षीय रेशम बहादुर भण्डारी मृत फेला परेका छन् । यी घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।