एजेन्सी – कोरोना भाइरस (कोभिड–१९) संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब आइशोलेसनमा बसिरहन नपर्ने भएको छ । उनी अब अरु व्यक्तिलाई कोरोना सार्न नसक्ने अवस्थामा रहेकाले आइशोलेसनमा बस्न आवश्यक नरहेको उनका निजी चिकित्सकले जनाएका छन् ।


ADVERTISEMENT


ट्रम्पको स्वास्थ्य अवस्थाबारे यो बिहीबारपछिको पहिलो अपडेट हो । ट्रम्पले अझै तीन दिन अस्पताल बस्नु पर्ने चिन्ता रहेको थियो । तर, उनको रिर्पोटले अस्पताल बस्नु नपर्ने देखाएको बीबीसीले जनाएको छ । यद्दपी ट्रम्पको कोरोना रिर्पोट नेगेटिभ आएको भने खुलेको छैन ।


ADVERTISEMENT

# # #


ट्रम्पसहित उनकी पत्नी मेलानियालाई गत १८ गते कोरोना पोजेटिभ देखिएको थियो ।

अमेरिकामा आगामी नोभेम्बर महिनामा हुने राष्ट्रपतीय निर्वाचनका लागि ट्रम्पले अर्का प्रत्यासी डेमोक्रेटिक जोन वाइडेनको सामना गर्दैछन् ।