काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुढीगण्डकी आयोजनाबारे पार्टी सभापति शेरबहादुर देउवामाथि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइले लगाएको आरोपबारे अनुुसन्धान गर्न माग गरेको छ ।


ADVERTISEMENT


आइतबार एक विज्ञप्ती जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भट्टराईलाई देउवामाथि लगाएको आरोप प्रमाणसहित पुष्टि गर्न समेत चुनौति दिएका छन् । बाबुरामको अभिव्यक्तिप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रवक्ता शर्माले भनेका छन्, ‘प्रमाणको दाबा पुष्टि गर्न चुनौतिसहित गहिरो अनुसन्धान गर्न सञ्चारमाध्याम र अख्तियारलाई अपील ।’


ADVERTISEMENT

# # #


डा. भट्टराईले केही दिन पहिले गोरखामा भएको समाजवादी पार्टीको एक कार्यक्रममा बुढीगण्डकी जलविद्युत परियोजना कमिसनका कारण अलपत्र पारिएको र त्यसमा प्रधानमन्त्री केपी शर्माओली, नेकपा अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति देउवा समेतको संलग्नता रहेको अभिव्यक्ति दिएका थिए ।

उनले त्यसको आफूसँग प्रमाण समेत रहेको दाबी गरेका थिए । कांग्रेसले त्यसको ‘प्रमाण’ भए सार्वजनिक गर्न बाबुरामलाई चुनौति दिएको छ । ‘हलुका टिप्पणीहरुलाई प्रष्टीकरण दिएर वक्तव्य जारी गर्ने नेपाली कांग्रेसको परम्परा छैन ।’ विज्ञप्तीमा भनिएको छ, ‘तर देशको प्रधानमन्त्री जस्तो उच्च दायित्व सम्हालिसकेको नेताले ‘म संग प्रमाण छ’ भनिसकेको स्थितिमा त्यसलाई सार्वजनिक गर्न विनम्रतापूर्वक चुनौती दिनु हाम्रो कर्तव्य हुनजान्छ ।’

डा. बाबुराम भट्टराई बुढीगण्डकी बारे ज्वलन्त प्रश्न सम्बन्धि तथ्यमा गहिरो अध्ययन र सार्थक पहल गर्नुभन्दा सस्तो टिप्पणीमै बौद्धिकता देखिने भ्रममा परेको कांग्रेसको आरोप छ ।

यस्तो छ कांग्रेसको विज्ञप्ती :