काठमाडौँ – चर्चित गीत तीनपातेका गायक तथा संगीतकार सुजन चापागाईंको दोस्रो गीत सार्वजनिक भएको छ । चापागाईंले ‘गाला पुक्क’ बोलको गीत आइतबार युट्युबमार्फत सार्वजनिक गरेका हुन् ।


ADVERTISEMENT


उक्त गीत आफूले करिब तीन वर्ष अगाडि संगीत भरेको र जीवनको पहिलो गीत रहेको गीतकार चापागाईंले बताएका छन् । सार्वजनिक गीतमा प्रेमिल जोडीको जीवनमा आई पर्ने प्यारो परिस्थितिमाहरुलाई देखाइएको छ । गीतलाई फ्युजन शैलीमा पस्किन खोजिएको छ ।


ADVERTISEMENT

# # #


चापागाईंले भने, ‘शास्त्रीय सङ्गीत र आधुनिक पप सङ्गीत दुइटैको रङ्गलाई मिश्रण गरेर नयाँ स्वरुप र बेग्लै स्वादको दिने मेरो सानो प्रयास हो।’

गीतमा संगीत र स्वर सुजन चापागाईंको रहेको छ भने शब्द शैलेश गिरिको छ । गीतको संगीत संयोजन र ध्वनि मिश्रण शार्दुल श्रेष्ठले गरेका छन् । गीतमा देखाइएको भिडियो एनिमेसन र रङ्ग संयोजन ग्रफिक्स सुदिप पाण्डेले गरेका हुन् ।

यस्तो छ गीत :