काठमाडौं– आइएमईले कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएकाका आफन्तजनलाई यथाशक्य सहयोग गर्ने एक मात्र उद्देश्यका साथ ‘भरोसा कोष’ को स्थापना गरेको छ ।


ADVERTISEMENT


कोषमा सन् २०२० को जनवरी १ देखि अक्टोबर १६ (२०७६ साल पुस १६ देखि २०७७ साल असोज ३०) सम्म कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका आफन्तले आवश्यक विवरणसहित आवेदन दिन सक्नेछन् । जसका लागि पानीपोखरी, काठमाडौंमा अवस्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयहरूका साथै सवै प्रदेशमा अवस्थित प्रादेशिक कार्यालयहरूमा कार्तिक मसान्तसम्म मिति तोकिएको छ ।


ADVERTISEMENT

# # #


यसरी प्राप्त हुन आएका आवेदन उपर छलफल गरी आर्थिक सहायता उपलब्ध गराइने र अन्तिम निर्णय गर्ने अधिकार कम्पनीमा निहित हुनेछ । यसबाट थोरै भएपनि प्रभावित परिवारलाई आड भरोसा मिल्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

आइएमई व्यवस्थापनले आफ्ना आधिकारिक वेभ–साइटहरू मार्फत आज एक आह्वान पत्र जारी गर्दै उक्त कुरा बताएको हो । यस वर्ष पर्वलक्षित स्किममा खर्चिने श्रोत तथा साधनलाई कल्याणकारी कार्यमा लगाउने निर्णय गरेको कम्पनीले जनाएको छ ।