काठमाडौँ – बढ्दै गएको कोरोना जोखिम न्यूनिकरणका लागि दसैँ तिहारमा काठमार्डौँ प्रवेश गर्ने सबै नाका सिल गर्न संसदीय उपसमितिले सरकारलाई सुझाव दिएको छ ।


ADVERTISEMENT


प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको ‘कोभिड १९ नियन्त्रणमा सरकारको कामकारबाही अनुगमन उपसमिति’ ले उपत्यका छिर्ने सबै नाका सिल गर्नुपर्ने बताएको हो ।
नाका सिल नगरे काठमाडौँमा कोरोनाको महामारी नियन्त्रणबाहिर गई भयावह अवस्था आउने चेतावनी उपसमितिले दिएको छ ।


ADVERTISEMENT

# # #


उपसमितिले गरेको अध्ययन र अनुगमनको निष्कर्ष र सुझाव सुनाउँदै संयोजक जीवनराम श्रेष्ठले भने, ‘काठमाडौँ कोरोनाको हटस्पट भएर देखा पर्यो । यसलाई नियन्त्रण गर्न उपत्यकाको संक्रमित बाहिर नजाउन् भन्नेमा ध्यान दिनुपर्यो ।

उपत्यकाबाट जाने कुराले बाहिर जिल्लामा समेत भयावह हुने अवस्था रहेका कारण दसैँ– तिहारको बीचमा उपत्यकाको बोर्डर सिल गर्नुपर्छ । भित्र आउने र बाहिर जाने कुरालाई बन्द गर्नुपर्छ भन्ने हाम्रो सुझाव रहेको छ ।’