काठमाडौँ – बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाका ५२ वर्षीय राजेशबाबु श्रेष्ठ रहेका छन् ।


ADVERTISEMENT


प्रहरीले बैँकिङ्ग कसुर मुद्दामा अदालतबाट ३४ लाख जरिवाना तोकिएका उनलाई सजाय वेरुजू राखेर फरार रहेका आरोपमा पक्राउ गरेको हो । गोरखा घर भइ काठमाडौँ बस्दै आएका राजेशबाबुले २०७५ सालमा आफ्नो खातामा पर्याप्त पैसा नहुँदा पनि दिपा थपलियालाई झुक्याएर सापटी लिएको रकम फिर्ता गर्न विभिन्न बैंकहरुको चेक काटेर दिएका थिए ।


ADVERTISEMENT

# # #


केन्द्रीय अनुसन्धान ब्यूरोका निर्देशक डीआइजी सहकुल बहादुर थापाका अनुसार उच्च अदालत पाटनको गत जेठ ३० गतेको फैसलाले राजेशबाबुलाई उक्त मुद्दामा १५ दिन कैद र ३४ लाख रुपैंया जरिवानाको सजाय तोकेको थियो ।

तर, उक्त सजाय नभोगी उनी फरार रहेका थिए । प्रहरीले आइतबार उनलाई रत्ननगर, चितवनमा लुकिछिपि बसिरहेको अवस्थामा फेला पारेर पक्राउ गरेको हो । पक्राउ पश्चात उनलाई सोमबार जिल्ला अदालत चितवनमा पेश गरिएको डीआइजी थापाले जानकारी दिएका छन् ।