– श्याम ठाकुर


ADVERTISEMENT


विकासका दृष्टिकोणले सिरहाको मिर्चैया नगरपालिका जिल्लाका अन्य स्थानीय तहभन्दा पछाडि रहेको छ । या आलेखमा व्यापारिक नगरीका रुपमा चिनिएको मिर्चैया विकासमा पछि पर्नुको कारणहरु खोतल्ने प्रयास गरिएको छ ।


ADVERTISEMENT

# # #


एकलजातीय बाहुल्यता भएको मिर्चैयालाई जातिवादले गिजोलिरहेको छ । जुनसुकै कुरामा जातिको नारा लगाउनु यहाँ पहिलो प्राथमिकतामा पर्छ । जसको प्रभाव सर्वसाधारण मात्र नभई मा राजनीतिक व्यक्तिहरुमा समेत परेको छ । विकास अरुले गर्‍यो भने अर्को चुनाव हामी के गर्ने सोच यहाँ व्याप्त छ । न आफु गर्ने न अरुलाई गर्न दिने मानसिकता भएका मानिसहरुको हातमा मिर्चैयाको राजनिति छ । तर, यहाँका वासिन्दामा आफ्नो गाउँठाउँमा के भयो, कसले के अनियमितता गरिरहेको छ भन्ने कुराका मतलब गर्दैनन् ।

यहाँका व्यापारीमा व्यापारबाहेक अर्कोतिर ध्यान नै छैन । उनीहरु पसल/कार्यालय खोल्ने बन्द गर्नेबाहेक केही गर्न सकिरहेका छैनन् । आफू हिलोमा हिंड्छन् । तर, आवाज उठाउँदैनन् । गैर जिम्मेवार नेताहरु बढी भएकोले मिर्चेया नगरपालिका विकासमा पछाडि छ । यही क्षेत्रबाट पूर्वप्रधानमन्त्री पुष्प कमल दहाल ‘प्रचण्ड’ जितेर गएकै हुन् । तर पनि केही भएन । जितेर गएपछि उनले फर्किएर हेरेनन् । प्रचण्ड मात्र होइन, थुप्रै नेताले जनताको मत लिएर सत्ता र संसदमा गए । तर, त्यहाँ पुगिसकेपछि जनतालाइै नै बिर्सिए ।

देश संघीयतामा गइसकेपछि जनताले विवकासको आशा गरेका थिए । तर, अहिले स्थानीय तह आर्थिक अनियमितता, भ्रष्टाचारमा लिप्त छ । नगरपालिकाका मेयर श्रवण यादव आफ्नो र आफ्नो पार्टी कार्यकर्ताको लागि मात्रै हेर्छन् । तलब लिएर आफ्नो पेट पाल्नेबाहेक यिनले केही गर्न जानेका छैनन् ।

चुनावको बेला खानपान र आर्थिक चलखेल गरेर जितेकाहरु आफ्नो चुनावी खर्च असुल्नतिर लाग्दा मिर्चैयाको विकास ‘आकाशको फल’ जस्तै भएको छ । यहाँका माध्यामिक विद्यालय झगडा र लागुपदार्थ दुर्व्यसनीको अड्डाका रुपमा स्थापित हुन थालेका छन् । तर, यसबारे सोच्ने कसले ? यही हो हाम्रो मिर्चैया नगरपालिका !

निर्वाचित जनप्रतिनिधि र राजनीतिज्ञको रवैयाले गर्दा जनताहरुले अब वैकल्पिक राजनीतिक शक्ति खोज्नुको विकल्प छैन ।