काठमाडौँ – नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन २५ वर्ष पूरा गरी २६ वर्षमा प्रवेश गरेको छ । आइतबार देशभर कार्यक्रम गरी एशोसिएसनले आफ्नो २६ औँ स्थापना दिवस मनाएको हो ।


ADVERTISEMENT


देशभरका ७५ जिल्लामा दीप प्रज्ज्वलन गरेर स्थापना दिवस मनाइएको एशोसिएसनका अध्यक्ष सिताराम दाहालले हिमालयपोष्टलाई बताएका छन् । उक्त अवसरमा एशोसिएसनले ललितपुर मालपोत कार्यालय परिसरमा सेवाग्राहीका लागि हात धुनका लागि साबुनसहित पानी ट्यांकीसमेत स्थापना गरेको छ ।


ADVERTISEMENT

# # #


कार्यक्रममा दशैँको शुभकामना आदान प्रदान समेत गरिएको छ ।