कपिलवस्तु – चीनले मिचेको सिमा फिर्ताको माग राख्दै हिन्दू महासंघले प्रदर्शन गरेको छ ।


ADVERTISEMENT


चीनले हुम्लामा मिचेको नेपाली भूमि फिर्ताको माग राखी महासंघ जिल्ला कार्य समितिले कपिलवस्तु जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गरेको हो ।


ADVERTISEMENT

# # #


उनीहरुले चीनले मिचेको भूमि फिर्ता गर्नुपर्ने, हिन्दू सांस्कृतिक अतिक्रमण रोक्नुपर्ने लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए ।