काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल सरकारका नवनियुक्त तीन मन्त्रीले नेपालको संविधानको धारा ८० बमोजिम आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।


ADVERTISEMENT


राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ लिनेहरुमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठ छन् ।


ADVERTISEMENT

# # #


उनीहरु प्रधानमन्त्रीको सिफारिशमा बुधबार मन्त्रीमा नियुक्त भएका हुन् । सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख तथा मन्त्रिगणलगायतको उपस्थिति थियो ।

शपथ ग्रहणपछि हस्ताक्षर गर्दै नवनियुक्त अर्थमन्त्री बिष्णु पौडेल,शहरी विकासमन्त्रीमा कुष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठ । तस्बिर : रासस