काठमाडौँ – नेपालमा बनेको मेडिकल ड्रोनले अन्तरराष्ट्रिय अवार्ड जितेको छ । विश्वका विभिन्न देशका सूचना सञ्चार क्षेत्रका विभिन्न उत्पादनहरुको छनोटबाट शर्ट लिस्टमा परेका ६ देशलाई पछि पार्दै नेपालले उक्त अवार्ड जितेको हो ।


ADVERTISEMENT


अमेरिकाको दि एशोसिएसन फर अनम्यान्ड भेहिकल सिस्टम इन्टरनेशनलले प्रत्येक वर्ष वितरण गर्ने ह्युमानिटेरियन अवार्डबाट नेपालमा बनेको अप्टिमाइज्ड थेरापी सिस्टम नामको मेडिकल ड्रोन पुरस्कृत भएको हो । उक्त ड्रोन क्षयरोगका बिरामीको नमूना संकलनका लागि गत वर्ष बनाइएको थियो ।


ADVERTISEMENT

# # #


ह्युमानिटेरियन अवार्डको पुरस्कार राशी ५ हजार अमेरिकी डलर रहेको छ ।