भोलि दशैको फुलपातीदेखि चलचित्र लक्ष्मी पूजा ६ वटा टेलिभिजन नेटवर्कको डिजिटल प्लेटफर्मबाट प्रदर्शन हुने भएको छ । नेपालमा यति धेरै डिजिटल प्लेटफर्ममबाट नयाँ फिल्म एकसाथ पहिलोपल्ट बुढासुब्बा डिजिटलले रिलिज गर्न लागेको हो ।


ADVERTISEMENT


बुढासुब्बा डिजिटलका प्रबन्धक विश्व खड्काले अबको चलचित्र प्रदर्शनको माध्यम भनेको नै डिजिटल प्लेटफर्म नै भएको र अहिलेको डिजिटल माध्यम भनेको टेलिभिजन च्यानल वितरण नेटवर्क भएको बताउँदै नेपालका प्रमुख ६ बटा नेटवर्क मार्फत चलचित्र लक्ष्मीपूजा रिलिज हुने भएको उनले जानकारी दिए ।


ADVERTISEMENT

# # #


देशभरि वितरण नेटवर्क भएका एमएसओहरु समेटिएको कारण शहरदेखि दुरदराजका गाउँगाउँसम्म पुग्ने दाबी गर्दै प्रबन्धक खड्काले अब डिजिटल प्लेटफर्म सिनेमा हलको विकल्पको रुपमा आउनेछ र यो अहिलेको समय माग भएको बताएका छन् ।

कोरोनाको कारण सरकारले जारी गरेको निषेधाज्ञाका विच मै छायाँकन गरिएको लक्ष्मीपूजा डिजिटल प्रविधिबाट रिलिज हुने विल्कुलै फ्रेस चलचित्र हो ।

बुढासुब्बा डिजिटलका प्रबन्धक विश्व खड्काका अनुसार डिस होम सिनेमा घर च्यानल नं ८८८, म्याक्स टिभीको सिनेमा हल २ च्यानल नं ४४४, मेरो टिभिमा बिएम सिनेमा हल च्यानल नं ५, स्काई टिभिको बिएम सिनेमा हल च्यानल नं ७० बाट प्रर्दशन हुदैछ भने नेट टिभि र भाय टिभिको भिडियो अन डिमाण्डमा पनि चलचित्र लक्ष्मी पूजा उपलब्ध हुनेछ ।

चलचित्र लक्ष्मी पूजामा समिर मियाँ डेब्यु निर्देशन रहेकोछ, जो एउटा राम्रो सम्पादक र एनिमेटर पनि हुन । यो शोभित बस्नेतले निर्माण गरेको चलचित्र हो ।