काठमाडौँ – जनता समजदवादी पार्टीले संघीय सांसद रेशम चौधरीको रिहाईका लागि अभियान चलाउने भएको छ ।


ADVERTISEMENT


पूर्वप्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईलाई संघीय परिषद्को जिम्मेवारी दिइएपछि काठमाडौँमा सुरु भएको केन्द्रीय समिति संघीय परिषद्को छलफलले सांसद् चौधरीको रिहाईका लागि संघर्ष गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


अदालतले साढे चार वर्षअघि कैलालीको टीकापुरमा भएको आन्दोलनमा नौ जनाको हत्या भएको घटनामा सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।
टीकापुर घटनापछि चौधरी फरार रहेकै अवस्थामा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिएर कैलाली निर्वाचन क्षेत्र नं १ बाट अत्यधिक भारी बहुमतका साथ विजयी भएका थिए।