काठमाडौं । वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको प्रदेश प्रमुख प्रसाईले बताएका छन् ।


ADVERTISEMENT


प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैमा झापाको मेचीनगरस्थित प्रसाई घर आएका छन् ।


ADVERTISEMENT

# # #


विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताएका छन् । हाल घरमै आइसोलेसनमा रहेका उहाँका छोरा राजेशलाई सङ्क्रमण पुष्टि भएको छ । रासस