काठमाडौँ – र्‍यापर भिटेन (समिर घिसिङ)ले आफ्नो र्‍याप ‘पारा’को भिडियो र गीत संशोधन गरी सार्वजनिक गर्ने बताएका छन् ।


ADVERTISEMENT


उनले सामाजिक सञ्जालमार्फत गीत संशोधन गरेर नयाँ म्युजिक भिडियो सार्वजनिक गर्ने बताएका छन् ।


ADVERTISEMENT

# # #


आफ्नो गीतमार्फत विभिन्न निकायलाई ठोस पुगेको बताउँदै उनले क्षमायाचनासहित भिडियो संशोधन गर्न भनेका छन् । उनले भनेका छन्, ‘उक्त म्युजिक भिडियोलाई अनाधिकृत रुपमा कुनै पनि माध्यमबाट अपलोड नगरिदिन हुन आग्रह गर्दै आधिकारिक च्यानलबाट चाँडै नै संशोधित भिडियो प्रशारण हुने जानकारी गर्दछौं ।’

केही दिनअघि मात्रै उनको गीतमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यलयले साइबर ब्युरोलाई निर्देशन दिएको थियो । प्रहरीले अनुसन्धान अगाडि बढाएर भिटेनको खोजी शुरु गरेको थियो । भिटेनले सोही दिन नै उक्त गीत युट्युबबाट हटाएका थिए ।