एजेन्सी– संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा डेमोक्य्राटिक पार्टीका जो बाइडेन निर्वाचित भएका छन्। ७७ वर्षीय बाइडन रिपल्बिक पार्टीका डोनाल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६ औँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।


ADVERTISEMENT


बाइडन पूर्वराष्ट्रपति बाराक ओबामाको प्रशासनमा २००९ देखि २०१७ सम्म उपराष्ट्रपति थिए ।


ADVERTISEMENT

# # #


सन् १९७२ मा डेलाबरबाट सिनेटमा निर्वाचित भएको ४८ वर्षपछि उनी ह्वाइटहाउस प्रवेश गरेका हुन्। ७७ वर्षीय बाइडेन यसअघि सन् १९८८ र २००८ गरी दुईपटक राष्ट्रपति निर्वाचनमा सहभागी भएका थिए। उनी पूर्वराष्ट्रपति बराक ओबामाको दुवै कार्यकालमा उपराष्ट्रपति रहेका थिए।

सिएनएनका अनुसार ५३८ इलेक्टोरल मतमध्ये बाइडेनले २७९ र उनका प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पले २१४ मत प्राप्त गरेका छन्।

बाइडेनले प्राप्त गरेको पपुलर भोट अमेरिकाको इतिहासमा पछिल्लो ३० वर्षकै उच्च हो ।
यस्तै, चुनावी परिणामसँगै भारतीय मूलकी कमला ह्यारिस पहिलो महिला उपराष्ट्रपति बनेकी छन् । उनी पहिलो अश्वेत तथा दक्षिण एसियाली मूलकी उपराष्ट्रपति पनि भएकी छन् ।

 

 

तस्बिर : कमला ह्यारिसको ट्विटरबाट