ललितपुर –ललितपुरको महालक्ष्मी १ बाट खैरो हिरोइन सहित प्रहरी दुईलाई पक्राउ गरेको छ । सातदोबाटोबाट खटिएको प्रहरी टोलीले महालक्ष्मी ९ लुभुका २२ वर्षीय बिनिस्था धामी र सुरेश धामीलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


उनीहरुको साथबाट प्रहरीलले खैरो हिरोइन जस्तो देखिने १०१ ग्राम लागु औषध फेला पारेको छ ।


ADVERTISEMENT

# # #


उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एवं प्रमुख नायव उपरिक्षक सन्तोष तामाङले बताए ।