– निक ब्रायन्ट


ADVERTISEMENT


सन् २०२० को अमेरिकी राष्ट्रपतीय चुनावले धेरै मानिसको त्यस गलत धारणालाई सदाका लागि तितरवितर पारिदिएको छ कि उनीहरु मानिरहे ‘२०१६ को राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पको जित एक ऐतिहासिक दुर्घटना थियो ।’


ADVERTISEMENT

# # #


किनकी, डोनाल्ड ट्रम्पले यस पटक ७० मिलियन अर्थात ७ करोडभन्दा बढी भोट पाए । जुन अमेरिकी इतिहासको सबैभन्दा दोस्रो बढी मतसंख्या हो । राष्ट्रियस्तरमा उनलाई ४७ प्रतिशतभन्दा बढी भोट प्राप्त भयो र फ्लोरिडा–टेक्ससजस्ता आफ्ना प्रिय राज्यसहित २४ वटा राज्यमा उनको जित भयो ।

अमेरिकाका केही समूह छन्, जसमाथि ट्रम्पको बेजोड पकड रहेको छ । यी समूहको ट्रम्पमाथि गज्जब आस्था रहेको छ । यी मानिसहरुले चार वर्षसम्म उनलाई उत्कृष्ट राष्ट्रपतिको रुपमा देखे र उनको काम गर्ने तरिकामाथि आफ्नो मोहर लगाए ।

२०२० मा उनको राजनीतिक कमजोरीको कुनै पनि विश्लेषण उनको राजनीतिक शक्तिको स्वीकार बिना सम्भव छैन । यद्दपी उनी चुनाव हारिसकेका छन् । अब उनको नाम आधुनिक युगका ती चार राष्ट्रपतिमा शामेल भएको छ, जो राष्ट्रपति पदमा रहँदारहँदै चुनाव हारे, अर्थात् जनताबाट उनलाई दोस्रो मौका मिलेन ।

मान्ने गरिन्छ, सन् २०१६ मा डोनाल्ड ट्रम्पले राष्ट्रपति पदको चुनाव यसकारण जितेका थिए कि उनी लिकभन्दा छाडेर हिंड्ने र गैर–राजनीतिक पृष्ठभूमि भएका व्यक्ति थिए, जसले ती विषयमा समेत खेलेर कुरा गरे जसमाथि त्यसपहिले राजनीतिक रुपमा कुनै कुरा उठेको थिएन ।

तर, २०२० मा ट्रम्पले राष्ट्रपति चुनाव हारे किनकी उनी लिक हाडेर हिंड्ने नेता थिए । जसले ती विषयमा पनि निकै आक्रामक रुपमा बयान दिए, जु नबोल्दा राजनीतिक व्यक्ति बच्न सक्थे । ‘एक्जिट पोल’मा पनि यो कुरा उठेको थियो कि २०१६ को राष्ट्रपतीय चुनावमा ट्रम्पलाई नै भोट हालेका कयौँ व्यक्ति उनको अतिआक्रामक रवैयाका कारण उनीबाट टाढा भएका थिए ।

उनको एक पूराना समर्थकले भने, ‘डोनाल्ड ट्रम्पले जुन आक्रामक तरिकाले सबै मापदण्डलाई खारेज गरे, जुन कसैलाई मन परेन ।’ अमेरिकी उपनगरमा विशेष रूपमा यो कुरा सत्य साबित भयो, जहाँ जो बाइडनको उम्मेदवारीमा डेमोक्रेटिक पार्टीको प्रदर्शन सुध्रियो ।
उपनगरमा विशेषगरी महिलाहरुमा ट्रम्पलाई लिएर असन्तुष्टि सुनिएको थियो । सायद यही कारणले पेन्सिल्भेनिया, मिसिगन, विस्कन्सिनमा जितका साथसाथै एरिजोना र जर्जियामा पनि जो बाइडनले ट्रम्पलाई किनारा लगाए ।

यस्तै नश्लीय तनावलाई कजाक बनाउनु, ट्वीटरमा नश्लवादी भाषा प्रयोग गर्दै अस्वेत नागरिक बद्नाम गर्नु र जुन मौकामा एक गोरा वर्चश्ववादी नागरिकको राष्ट्रपतिको रुपमा आलोचना गरिनुपर्थ्यो, त्यहाँ चुपचाप रहनुले नागरिक ट्रम्पको विरुद्ध गए ।

छुच्चो बानीले बिगार्‍यो !

जनताले यो पनि विचार गरे कि ट्रम्पले बेलाबेला भलाद्मिर पुटिनजस्ता सत्तावादी नेताको पनि प्रशंसा गरिरहे । साथसाथै उनी आफूलाई मन नपरेका व्यक्तिलाई भद्दा नामले बोलाउँथे । आफ्ना पूर्व वकिल माइकल कोहनलाई एक पटक ‘मुसा’ भनेर बोलाएका थिए ।

ट्रम्पको यस्तो भाषामाथि धेरै व्यक्तिले आपत्ति जनाएका थिए । ट्रम्पका केही आलोचक उनलाई ‘तानाशाहीका समर्थक’ भनिरहेका छन किनकी उनले चुनावी परीणाम स्वीकार गर्न समेत इन्कार गरेका छन् ।

सन् २०१६ मा ट्रम्पलाई भोट हालेका चक होनस्टीन भन्छन्, ‘मान्छे उनी (ट्रम्प)देखि थाकिसके । मानिस देशमा सामान्य स्थितिलाई फेरि हेर्न चाहन्छन् । उनीहरु शालीनता चाहन्छन् । उनीहरु यस घृणालाई रोक्न चाहन्छन् । उनीहरु देशलाई एकजुट भएको देख्न चाहन्छन् । ट्रम्पका कारण नै जनतामा यस्ते भावना आएको हो । यही भावनाका कारण जो बाइडनले चुनाव जितेका हुन् ।’

ट्रम्पका लागि एक ठूलो राजनीतिक समस्या यो थियो कि उनी आफ्नो मूल आधारमा रहेर समर्थनलाई विस्तार गर्न विफल रहे । यस्तो लाग्छ, उनले यो प्रयास नै गरेनन् । सन् २०१६ मा उनले ३० राज्यमा चुनाव जितेका थिए । तर, शासन यस्तो गरे कि मानौँ, कि उनी रुढीस्वादी अमेरिकी मानिसका राष्ट्रपति हुन् । उनले ती २० राज्यलाई आफ्नो नजिक ल्याउने कहिल्यै प्रयत्न गरेनन्, जहाँ तत्कालीन प्रतिद्वन्द्वी हिलारी क्लिन्टनलाई बढी भोट मिलेको थियो ।

यही कारण डोनाल्ड ट्रंपका आलोचक उनलाई बितेको १०० वर्षका सबैभन्दा विखण्डनकारी राष्ट्रपतिको रुपमा सम्बोधन गर्छन् ।

चार थकाइलाग्दा वर्षपछि अमेरिकी अधिकांश अमेरिकी मतदाता चाहन्थे कि उनीहरुको पृष्ठभूमिमा एक यस्तो राष्ट्रपति होस्, जो व्हाइट हाउस रहोस् र अधिकतम परम्परागत गरिकाका व्यवहार देखाओस् । उनीहरु धम्कीपूर्ण भाषा, नाम लिएर गरिने बयानबाजी र निरन्तरको टकरावबाट थाकिसकेका थिए । उनीहरु कुनै पनि हालतमा सामान्य स्थितिमा फिर्ता हुन चाहन्थे ।

यो सम्भावना ट्रम्पसँग पनि थियो । किनकी उनी २०१६ को जस्तै नयाँ उम्मेदवार नभई पद र प्रतिष्ठामा बसेका राष्ट्रपति थिए, जोसँग दोस्रो पटक जित्ने रेकर्ड नजिक थियो । तर, अघिल्लो पटककोजस्तै सहज भने थिएन । किनकी यसपटक प्रतिद्वन्द्वी हिलारी क्लिन्टन नभइ स्वच्छ छविका जो बाइडन थिए ।  ७७ वर्षीय डेमोक्रेटिक उम्मेदवार बाइडन, जसले जे काम गरे, इमान्दार र बिना गल्ती गरे । यसैको परिणाम अमेरिकी ‘रस्ट बेल्ट’ (पेन्सिल्वेल्भेनिया, मिशीगन र विस्कन्सिन) मा पनि रिपब्लिकन पार्टीलाई किनारा लगाउन सफल भए ।

यसमा प्रश्न उठ्छ डोनाल्ड ट्रम्प राष्ट्रपति चुनाव किन हारे ? उनले मुखैअगाडिको राष्ट्रपतीय कार्यकाल कसरी गुमाए ?

यो यस कारण भयो कि उनले राष्ट्रपति बनेको २४ घण्टामा ‘नरसंहार भाषण’ दिए । उनको राष्ट्रपतिका रुपमा पहिलो दिन नै यो प्रस्ट भइसकेको थियो कि डोनाल्ड ट्रम्प राष्ट्रपति पदलाई बदल्न चाहन्छन् न कि राष्ट्रपति पदले उनमा बदलाव ल्याउँछ । के यो पनि कारण हो कि केही निन्दनीय घटना, घटिया बयानबाजी र अराजकता ? वा कोरोना भाइरसको नतिजा हो ? जसले उनको राष्ट्रपति कार्यालयलाई संकटमा पार्यो ?

जब यो संकट आएको थिएन, त्यतीबेला ट्रम्प मजबुत राजनीतिक स्थितिमा थिए । उनी महाअभियोगबाट समेत बचिसकेका थिए । उनको ‘अप्रुभल रेटिङ्ग’ पनि ४७ प्रतिशत थियो । उनी मजबुत अर्थव्यवस्था र आफ्नो कार्यकालको प्रचार गर्न सक्थे । हुनसक्छ, यी दुई ‘फ्याक्टर’ले उनलाई राष्ट्रपतिको दोस्रो कार्यकाल दिलाउन सक्थ्यो । पति को दूसरा कार्यकाल दिला ही देते हैं।

कोरोनाका कारण हारे ट्रम्प ?

राष्ट्रपति चुनावमा अक्सर एक प्रश्न सामुन्ने आउँछ कि के देश पछिल्ला ४ वर्षको तुलनामा राम्रो भयो ? कोरोनासँगै आर्थिक संकट आउँदा ट्रम्प कमजोर देखिए । तर, यो भन्दा गलत हुन्छ कि ट्रम्पलाई कोरोना भाइरसका कारण हार्नुपर्यो । राष्ट्रपति कुनै पनि देशको संकटभन्दा मजबुत हुनुपर्छ । संकटले कहिलेकाही कुनै नेतालाई अवसर लिएर आउँछ । जसरी फ्रांकलीन रूववेल्टले अमेरिकालनई ‘ग्रेट डिप्रेसन’ मानिने आर्थिक संकटबाट पार लगाए ।

जर्ज बुशको ११ सेप्टेम्बरको हमलामाथिको सुरुवाती प्रतिक्रियाले उनको लोकप्रियता बढायो र उनलाई दोस्रो कार्यकाल पनि मिल्यो । त्यसकारण यो भन्न सही हुँदैन कि कोरोना भाइरसका कारण ट्रम्प हारे । उनी यस संकटबाट बाहिर निस्किनमा असफल रहेका कारण हारे । साथै यो भन्न पनि जरुरी छ कि डोनाल्ड ट्रम्प अन्तिमसम्म पनि राजनीतिक रुपमा प्रासंगिक रहे । जबकी देश पछिल्ला १०० वर्षमा सबैभन्दा ठूलो स्वास्थ्य संकटकाल झेलिरहेको थियो, १९३० पछिको सबैभन्दा ठूलो आर्थिक संकट र १९६० पछिको सबैभन्दा ठूलो नश्लवादको मुद्दाले अशान्ति छाएको थियो ।

रिपब्लिकन अमेरिकी ट्रम्प फिर्ता भएको हेर्न चाहन्छन् । आउने केही वर्षसम्म रुढिवादी आन्दोलनमा उनी एक मुख्य भूमिकामा रहनेछन् । ट्रम्पवाद अन्त्य हुँदा अमेरिकी रुढिवादमा त्यही प्रभाव पर्नसक्छ जस्तो रीगनवाद अन्त्य हुँदा भयो ।

ट्रम्प ध्रुवीकरणका एक मास्टर रहनेछन् र २०२४ मा दोस्रो पटक चुनाव लड्न सक्छन् । यो ‘विभाजित’ राज्य भित्रैदेखि एक नहुनसक्छ । अधिकांश अमेरिकी ट्रम्मलाई लिएर अलग–अलग भावना राख्छन्, भक्तिदेखि लिएर गालीसम्म ।

यो अवश्य हो कि अमेरिकाले अहिलेसम्म यस्ता राष्ट्रपति देखेको छैन ।

-बीबीसी