एजेन्सी – इङ्ल्याण्डका चर्चित व्याट्सम्यान जेम्स भिन्स पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।


ADVERTISEMENT


सङ्क्रमित भएपछि आगामी पाकिस्तान सुपर लिग (पीएसएल) मा उनको सहभागीता हुने कि नहुने भन्ने बारेमा अनिश्चित भएको छ ।


ADVERTISEMENT

# # #


उनलाई अहिले कुनै लक्षण नदेखिएको र चाडै नै फेरी परीक्षण गर्ने तयारी भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । अहिलेलाई भने व्याट्सम्यान भिन्सलाई कम्तीमा दश दिन सेल्फ आइसोलेसनमा बस्नुपर्ने बाध्यता आइपरेको छ । सङ्क्रमण पुष्टि भएको दिन देखि नै उनी सेल्फ आइसोलेसनमा बसेका छन् ।

कोरोनाभाइरसका कारण विश्वका धेरै प्रभावशाली खेलाडीहरू सङ्क्रमित भएका छन् । लामो समय खेल गतिविधि बन्द भएपनि पछिल्लो समय विस्तारै सूचारु हुन लागिरहेका बेला खेलाडीहरु सङ्क्रमित हुने क्रम बढेको छ ।