काठमाडौँ – कतारका राजकुमार शेख मोहम्मद विन अब्दुल्लाहले आमादब्लम हिमालको आरोहण गरेका छन् ।


ADVERTISEMENT


राजकुमार अब्दुल्लाहले ६ हजार आठ सय १२ मिटर अग्लो उक्त हिमालको बुधबार बिहान ११ः२० मा आरोहण गरेका हुन्। राजकुमारको आरोहण टोलीमा ६ जना विदेशबाट आएका आरोही थिए।


ADVERTISEMENT

# # #


आरोहणका लागि १४ सदस्यीय टोली आइतबार आमादब्लम हिमालको आधार शिविर पुगेको थियो । राजकुमारसहितको टोली नेपाल आएपछि काठ्माडौँमा एक हप्ता क्वारेन्टिनमा बसेर हिमाल आरोहणका लागि दशैँको टीकाको दिन काठमाडौँबाट लुक्ला गएको थियो।