काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ६ सय ६६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमण पछि निको भएका छन् ।


ADVERTISEMENT


यससंगै हालसम्म निको हुनेको संख्या १ लाख ६२ हजार २ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो कुल संक्रमितको ८० प्रतिशत हो ।


ADVERTISEMENT

# # #


यस्तै गत २४ घण्टामा २ हजार ५ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा १२ हजार ९ सय ६० वटा पीसीआर परीक्षण भएको छ । हालसम्म १५ लाख ७४ हजार २ सय ९५ वटा पीसीआर परीक्षण गरिएको छ । हाल क्वारेन्टिनमा १ हजार १ सय ९ जना रहेका छन् भने ३८ हजार ९ सय १२ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् ।

कुल संक्रमित मध्ये १ हजार १ सय ४७४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २६ जना संक्रमितले ज्यान गुमाएका छन् ।