काठमाडौँ – रुपन्देहीकी कविता थापाले गरिमा विकास बैँकको गरिमा स्मार्टबाट पैसा पठाउँदा १ लाख रुपैयाँ जितेकी छन् ।


ADVERTISEMENT


फोन पे पेमेन्ट सर्विस लिमिटेडको ‘फोन पे डाइरेक्टसँग,दशैँ धन मौका’को दैनिक विजेता अन्तगत कविताले १ लाख जितेकी हुन् । यस योजना अन्तरगत फोन पे डाइरेक्ट मार्फत बैंक तथा वित्तीय संस्थामा अन्तर बैंक कारोबार गर्दा हरेक दिन एक लाख रूपैयाँ जित्न सकिन्छ ।


ADVERTISEMENT

# # #


डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उदेश्यले फोन पे ले यस्तो योजना सुरु गरिएको हो । यस योजनामा क्यूआर मार्फत गरिने भुक्तानीलाई भने समावेश गरिने छैन ।