काठमाडौँ – कलंकीमा रोकिराखेको ट्रकमा अर्को ट्रक ठोक्किँदा तीनको ज्यान गयो ।


ADVERTISEMENT


बिहीवार बिहान मकालु पेट्रोल पम्प छेउमा पार्किङ गरेर राखेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बा ५ ख ८८६५ नम्बरको ट्रकले ठक्कर दिएको थियो । उक्त दुर्घटनामा नुवाकोटका २४ वर्षीय रोशन लामा, ३७ वर्षीय माधव घिमिरे मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


तेस्रो व्यक्तिको शहीद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएकोमा ती व्यक्तिको पहिचान हुन नसकेको प्रहरीले बताएको छ ।