काठमाडौँ – नेपाल आयल निगमले पोखरामा एक करोड लिटरको भण्डारणस्थल बनाउने भएको छ । निगमले ७७ करोड ७७ लाख रुपैयाँमा भण्डारण स्थल निर्माण गर्न लागेको हो ।


ADVERTISEMENT


निगमको गण्डकी प्रादेशिक कार्यालय मातहत ५० लाख लिटरका दुईवटा भण्डारण ट्यांकको निर्माण यसै साताबाट शुरु हुने भएको छ । प्रर्याप्त भण्डारण स्थलको अभावका कारण आपूर्ति चैत बिग्रिएकाले आपूर्तिका लागि पूर्वाधार निर्माण गर्न लागिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए । उनले निर्माणका लागि सम्झौता समेत गरिसकेकोमा शिलन्यासका लागि पोखरा गएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


गण्डकी प्रदेश पोखरामा अहिले डिजेल भण्डारण क्षमता २२ लाख ८० हजार लिटर मात्र छ । भण्डारण अभावका कारण तत्काल पोखरा महानगरपालिका वडा नं २९ गगनगौंडामा रहेको निगमको डिपो परिसरमै भण्डारणस्थल बनाउन लागिएको उनले बताए ।

१० हजार किलोलिटरका ट्यांक बनाएपछि त्यस क्षेत्रमा ४० दिनलाई पुग्ने गरी डिजेल भण्डारण गर्न सकिने पौडेल बताउँछन् । उक्त ट्यांकमा पूर्ण डिजेल भण्डारण भएमा डेढ महीना पुग्ने उनको भनाइ छ ।