काठमाडौँ – सञ्चारकर्मी तथा गीतकार सुनिल कोइरालाको तिहार गीतको भिडियो सार्वजनिक भएको छ ।


ADVERTISEMENT


बिहीबार प्रज्ञाश्वरी रेकर्डिङ्गको आधिकारीक युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियो काठमाडौं र भारतको सिलगुरीमा छायांकन गरिएको हो । तिहारमा बज्ने एउटै प्रकृतिको गीत भन्दा भिन्न प्रकारको गीत निर्माण गर्न उत्प्रेरित भई यो गीतको सिर्जना गरिएको गीतकार सुनिल कोइरालाले बताए ।


ADVERTISEMENT

# # #


करिब ६ वर्ष अगाडि नै रेकर्ड गरिएको गीतको भिडियो अहिले निर्माण गरिएको संगीतकार किरण कँडेलले बताए । एउटै गीतमा देउसी र भैलो मिश्रित गीत निकै कम बनेकोले यो गीतलाई फरक र मौलिक रुपमा निर्माण गर्न कोसिस गरिएको उनको भनाई छ ।

गीतमा किरण कँडेल, सुरज कुमार थापा, निकिता थापा, अनुष्का पाठकको स्वर रहेको छ । निकिता शर्मा, प्रविन गुरुङ लगायतको अभिनय रहेको भिडियोको निर्देशन शिवु श्रेष्ठले गरेका हुन् ।

 

यस्तो छ गीतको भिडियो :