काठमाडौं । उपराष्ट्रपतिका निजि चिकित्सक डा. शिबजी सिलवालले कोरोना जितेका छन् । १४ दिन अघि रुघा खोकीको लक्षण देखिएर पीसीआर जाँच गर्दा पोजेटिभ देखिएपछि होम आईसोलेसनमा रहेका डा. सिलवाल हिजो कोरोना मुक्त भएका हुन् ।


ADVERTISEMENT


यो बीचमा ज्वरो आउने , जिउ दुख्ने लक्षण देखिएको उनले हिमालय पोष्टलाई जानकारी दिए । कोरोना मुक्त भएसंगै डा. सिलवालको स्वास्थ्य अवस्था ठिक रहेको छ ।


ADVERTISEMENT

# # #