झापा, दमक । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्ने दमक १० नम्बर वडा भवन शिलान्यास भएको छ ।


ADVERTISEMENT


नगर प्रमुख रोमनाथ ओली र वडाध्यक्ष बोधराज न्यौपानेले वडा कार्यालय भवनको शनिबार शिलान्यास गरेका हुन् ।


ADVERTISEMENT

# # #


सो अवसरमा वडा प्रतिनिधिहरु, भवन निर्माणका लागि जग्गा दाताहरु लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो ।

नगर प्रमुख ओलीका अनुसार समपुरक अनुदान अन्र्तगत संघीय सरकार र नगरपालिकाको ३ करोड १९ लाख बजेटबाट नगरका ६ वडा वडामा छुट्टाछुट्टै भवनहरु निर्माण गर्ने योजना अनुसार १० नम्बर वडा भवनको शिलान्यास गरिएको हो ।

करिब १० कठ्ठा जमिनमा निर्माण हुँदै गरेको ५ कोठे भवनमा एउटा हल, एउटा वेटिङ, अध्यक्ष तथा वडा प्रतिनिधिको कोठा, सचिव र प्रशासनिक काम गर्ने कोठा रहने वडाध्यक्ष न्यौपानेले हिमालयपोष्टलाई जानकारी दिए ।

भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने स्थानीय जग्गादाताहरुलाई वडाध्यक्ष न्यौपानेले धन्यबाद दिँदै वडाको बिकास र समृद्धिमा संगसंगै अघि बढ्ने प्रतिबद्धता समेत ब्यक्त गरे । उनले जग्गादान गर्न अन्य धेरै वडाबासीहरु ईच्छुक रहेको जानकारी गराउँदै प्रकृया पुरा गरेर थप दाताहरुको जग्गा समेत सुबिधा सम्पन्न वडा भवन निर्माणमा समाबेश गरिने उनले जानकारी दिए ।

वडा भवनलाई असार मसान्त सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य सहित काम अघि बढाईएको वडाध्यक्ष न्यौपानेले बताए ।