काठमाडौँ – नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रा.लि ले क्लियर टिभी मार्फत ग्राहक वर्गहरुका निम्ति बलिउड फिल्म ‘लक्ष्मी’को प्रिमियर शो गर्दैछ।


ADVERTISEMENT


उक्त शो १६ नोभेम्बर अथार्त आज हुने सुबिसुले जनाएको छ । क्लियर टिभीले च्यानल नं १११(एच डि) र ११२ (एस डि)मा मुभी अन डिमाण्डको औपचारिक सुरुवात लक्ष्मी फिल्मको प्रिमियर सोबाट गर्न लागेको हो । यस च्यानल मार्फत ग्राहकहरुले सो फिल्म आफ्नै घरमा बसि हेर्न सक्नेछन् भने भविष्यमा थुप्रै फिल्महरु हेर्न सकिने कम्पनीको भनाई छ


ADVERTISEMENT

# # #


ग्राहकवर्गहरुले फिल्म हेर्नका लागि आफनो नजिकको क्लियर टिभी सेवा प्रदायकमा सम्पर्क गर्न सक्नेछन् वा cleartv.com.np/mod बाट फिल्म सम्बन्धी एवम्ं सेवा सम्बन्धी थप जानकारी लिन सक्नछन् ।

विद्यमान परिस्थितिमा बाहिर गई फिल्म हेर्ने अवस्था नभएको र मनोरञ्जन लाई प्राथमिक्ता दिदै कम्पनीले यो सेवा सुचारु गरेको हो ।