काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सीमा निरीक्षणसहितको कार्यक्रमका लागि ताप्लेजुङ जाने समय स्थगन भएको छ ।


ADVERTISEMENT


यही मङ्सिर ५ गते बिहान प्रधानमन्त्री ताप्लेजुङ जाने कार्यक्रम थियो । प्रधानमन्त्री ताप्लेजुङ आउने भएपछि सुरक्षाको व्यवस्था समेत गरिएकोमा आज प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।


ADVERTISEMENT

# # #


जिल्लाको उत्तरी क्षेत्र र तिब्बतको सीमा क्षेत्र टिपताला भञ्ज्याङको निरीक्षण तथा फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सामा निर्माण गरिएको स्वास्थ्य एकाइ कार्यालय उद्घाटनको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली यही मङ्सिर ५ गते ताप्लेजुङ जाने तयारी भएको थियो ।