काठमाडौँ – दरबार हत्यकाण्ड हुनुभन्दा अघि तत्कालीन राजा वीरेन्द्र सपरिवारसहित बस्दै आएको श्रीसदन आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । शनिवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अवलोकन गर्न सर्वसाधारणका लागि खुला गरे ।


ADVERTISEMENT


श्रीसदनमा वीरेन्द्र, रानी ऐश्वर्य, निराजन र श्रुती बस्दै आएका थिए। राजा वीरेन्द्रको परिवारको वंशनाशपछि उक्त सदन बन्द थियो।


ADVERTISEMENT

# # #


पर्यटनमन्त्री भट्टराईले तत्कालीन राजा वीरेन्द्रको जीवनशैली र उनको परिवारलाई बुझ्न आवश्यक १२५ जातिका अलगअलग पहिचान र विविधता झल्किने सामाग्री राखिने बताए । जुन सामाग्री कीर्तिपुरको चम्पादेवीमा राष्ट्रिय सांस्कृतिक सङ्‍ग्रहालयमा निर्माण हुँदैछन् ।

हाल श्रीसदनको भुइँतलामा पाहुना बस्ने बैठककक्षसँगै डाइडिङ रुम र वारकक्ष छ। दोस्रो तलामा वीरेन्द्र, ऐश्वर्य, निराजन र श्रुतिको शयनकक्ष छ भने तेस्रो तलाको पश्चिमतर्फ निराजनले शारीरिक अभ्यास गर्ने कोठा छ।

ऐश्वर्यको पूजाकोठामा देवताको मूर्ति सजाइएको छ, तेस्रो तलाको भर्‍याङ उक्लिनासाथ प्यासेजमा पूर्वअधिराजकुमारी श्रुतिले तयार पारेको चित्रकला राखिएको छ।

पूर्वराजा वीरेन्द्र, ऐश्वर्य, श्रुति र निराजनको स्नानागार र सिँगार कोठामा सबैले छुट्टाछुट्टै प्रयोग गर्ने सबै सामग्री सजाएर राखिएको छ। स्व. ऐश्वर्यको छुट्टै साहित्यकक्ष पनि छ। श्रुति र निराजनको छुट्टै खेल्ने सामग्रीसहितको कोठा छन्।