काठमाडौँ – शनिवार निर्वाचित नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीले आइतवार साँझ पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । भवानी राणाको कार्यकाल सकिएसँगै उनले अबका अध्यक्ष शेखर गोल्छालाई नेतृत्व सुम्पिँदै शपथ खुवाइन् । त्यसपछि अध्यक्ष गोल्छाले वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्षसहित नवनियुक्त महासंघका पदाधिकारीलाई शपथ ग्रहण गराएका थिए ।


ADVERTISEMENT


अध्यक्ष गोल्छालेअब सबै एकजुट भएर निजीक्षेत्र र समुन्नत मुलुक निर्माणका लागि तयार पारेको रणनीति कार्यान्वयनमा ल्याउने गरी काम गर्ने बताए ।


ADVERTISEMENT

# # #


यस्तै महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले निर्वाचनसँगै पक्ष विपक्ष र आपसी मतभेदहरु सकिएकाले आफ्नो अध्यक्ष गोल्छा नै भएको बताए । गोल्छाले अर्का उम्मेदवार किशोर प्रधानको खुलेर समर्थन गरेपछि ढकाल पक्ष र गोल्छाबीच आपसी मतभेद हुँदै आएको थियो । निर्वाचनको सकिएसँगै ढकालले प्यानल तोडेर शेखर गोल्छाको नेतृत्वका साथ मिलेर निजीक्षेत्रलाई अघि बढाउने गरी काम गर्ने बताए।

वरिष्ठ उपाध्यक्ष ढकालसँगै तीन उपाध्यक्षहरूले पनि महासंघलाई साझा रूपमा अघि बढाउने बताए