काठमाडौँ – ग्रामिण क्षेत्रमा स्वास्थ्य सेवा विस्तार नाराका साथ सरकारले आज ७ प्रदेशमा एकै दिन ३९६ अस्पताल शिलन्यास गर्दैछ ।


ADVERTISEMENT


अहिलेसम्म अस्पताल नभएका स्थानीय तहमा दुई वर्षभित्र अस्पताल सञ्चालन गर्नेगरी सरकारले आधारभूत अस्पताल बनाउने महत्वकांक्षी योजना अघि सारेको हो । यसका लागि ५८ अर्बभन्दा बढी बजेट निकासा गर्नुपर्ने अनुमान गरिएको छ ।


ADVERTISEMENT

# # #


सरकारले आज प्रदेश १ मा ८६, प्रदेश २ मा ५३, बागमती प्रदेशमा ५१ र गण्डकी प्रदेशमा ५३ वटा अस्पतालको शिलन्यास गर्न लागेको हो । यस्तै लुम्बिनीमा ५७, कर्णालीमा ४२ र सुदूरपश्चिममा ५४ अस्पताल शिलन्यास गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार स्वास्थ्य क्षेत्रमा सबैको पहुँच नाराका साथ अस्पताल नभएका स्थानीय तहमा देशभर ५, १० र १५ शय्याका अस्पताल निर्माण गरिन लागेको हो ।