काठमाडौँ – सशस्त्र प्रहरी बल, प्रधान कार्यालय काठमाडौँका सशस्त्र प्रहरी नायब महानिरिक्षक (डीर्आइजी)चन्द्रप्रकाश गौतम २ नम्बर प्रदेशको इन्चार्जमा नियुक्त भएका छन् ।


ADVERTISEMENT


१४ महिना काठमाडौँ उपत्यकाको  प्रहरी प्रमुखको रुपमा सफलतापूर्वक जिम्मेवारी पूरा गरेका उनलाई संगठनमा सक्षम र बौद्धिक प्रहरी अधिकारीका रुपमा लिइन्छ ।  सशस्त्र प्रहरीबाट उत्कृष्ट काम गरेको भनी यसै वर्ष संविधान दिवसको अवसरमा सुप्रबल जनसेवा श्री तृतीयबाट विभूषित डिआइजी गौतमलाई २ नम्बर प्रदेशमा सरुवा गरिएको हो ।


ADVERTISEMENT

# # #


यस्तै उक्त प्रदेशको इन्चार्जमा रहेर सफल कार्यकाल सम्पन्न गरेका डिआइजी कृष्णभक्त ब्रम्हचार्यलाई काठमाडौँ प्रहरी प्रधान कार्यालयमा बोलाइएको छ । ५ महीना लामो सफल कार्यकाल पूरा गरेपछि उनलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको हो । सरुवापछि डिआइजी ब्रम्हचार्यले २ नम्बर प्रदेशको बसाइ चुनौतीपूर्ण रहेपनि विशेष रहेको बताएका छन् ।