काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरू भएको छ ।


ADVERTISEMENT


पार्टी कार्यालयमा बस्ने भनिए पनि बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो ।


ADVERTISEMENT

# # #


बैठकमा शनिबार अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले प्रस्तुत गरेको लिखित प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । गत कात्तिक २८ गते अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको प्रतिवेदनको जवाफ दिँदै ओलीले १० दिन लगाएर जवाफी प्रतिवेदन प्रस्तुत गरेका थिए।

सचिवालयमा भएका ओली पक्षका नेताहरु प्रचण्डले प्रतिवेदन फिर्ता लिनुपर्ने पक्षमा छन् भने प्रचण्ड पक्षका नेताहरु दुवै अध्यक्षको प्रतिवेदन स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीसम्म छलफल हुनुपर्ने अडानमा छन्।