काठमाडौँ – घरेलू टोली अष्ट्रेलियाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा भारतले ११ रनको जित हात पारेको छ ।


ADVERTISEMENT


अष्ट्रेलियाको केनबेराको मेनुका ओभल मैदानमा टस जितेको अष्ट्रेलियाद्वारा पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६१ रन बनायो । १६२ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५० रन मात्रै बनाउन सक्यो ।


ADVERTISEMENT

# # #


उसका लागि कप्तान आरोन फिन्चले सर्वाधिक ३५ रन बनाए । यस्तै मोइसेस हेन्रिकले ३० तथा डी’आरकी सर्टले ३४ रन बनाउँदा स्टिभ स्मिथ, सिन एबुट र मिचेल स्वप्सनले समान १२–१२ रन जोडे ।

भारतको जितमा सब्सिच्यूड खेलाडी युजेन्द चहालले उत्कृष्ट बलिङ गरे । अलराउन्डर रविन्द्र जडेजा घाइतेभएपनि दोस्रो इनिङमा मैदान आएका चहालले ३ विकेछ चट्काए । यस्तै नटराजनले पनि ३ विकेट नै लिए । दीपक चहारका नाममा १ विकेट रह्यो । यसअघिखराब सुरुवात गरेको भारतले ११ रन जोड्दा नै पहिलो विकेटका रुपमा शिखर धवनलाई व्यक्तिगत १ रनमा गुमायो ।

त्यसपछि क्रमशः कप्तान विराट कोहली ९, सन्जु साम्सन २३, मयंक पाण्डे २ रनमा आउट हुँदा हार्दिक पाण्ड्याले १६ रन बनाए । भारतलाई सम्मानजनक स्कोरसम्म पुर्‍याउन केएल राहुलले ५१ रनको अर्धशतकीय पारी खेले । त्यसक्रममा उनले ४० बलमा १ छक्का र ५ चौका प्रहार गरे । यस्तै रविन्द्र जडेजाले ४४ रनको आक्रामक पारी खेले । २३ बलमा उनले ५ चौका र १ छक्का प्रहार गरे ।

अष्ट्रेलियाका लागि मोन्रिस हेन्रिक्वीजले ३, मिचेल स्टार्सले २ तथा अदाम ज्याम्पा र मिचेल स्वेप्सनले समान १ १ विकेट हात परे । अष्ट्रेलियाले जवाफी ब्याटिङ गरिरहेको छ । भारले पहिलो जित संगै ३ खेलको टी–२० श्रृंखलामा अग्रता लिएको छ । अर्को खेल ६ डिसेम्बरमा हुनेछ ।