काठमाडौँ – संयुक्त राष्ट्र संघले गाँजा प्रतिवन्धलाई फुकुवा गरेपछि नेपालमा पनि गाँजा प्रतिवन्ध फुकुवा गर्ने कानूनी बाटो खुलेको छ । नेपाल संयुक्त राष्ट्र संघको सदस्य भएको कारण संगठनले नै प्रतिवन्ध लगाएकाले गाँजा प्रतिवन्ध फुकुवा गर्न अड्चन थियो ।


ADVERTISEMENT


बिहीवारदेखि अ‍ेमिरिकामा गाँजा खेतीले कानूनी मान्यता पाएकोमा संयुक्त राष्ट्रसंघको कमिसन अन नार्कोटिक ड्रगमा सचिवालयमा सदस्यका रुपमा नेपालले पनि गाँजा खेती खुलाउने पक्षमा मतदान गरेको थियो ।


ADVERTISEMENT

# # #


विश्‍व स्वास्थ्य संगठनले ३ वर्ष अगाडि नै संयुक्त राष्ट्रसंघलाई यसलाई लागुऔषधको सूचीबाट हटाई यसलाई औषधीय गुण भएको वनस्पतिको सूचीमा राख्‍न पत्र लेखेको थियो। उक्त प्रक्रियालाई संयुक्त राष्ट्रसंघले आफ्नो सदस्य राष्ट्रहरूको बीचमा छलफलमा पठाएकोमा संयुक्त राष्ट्र संगठन जेनेभामा नेपाललगायत २७ मुलुकले लागु पदार्थसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा गाँजा प्रतिबन्धलाई खुकुलो बनाउने प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

नेपालमा पनि लामो समयदेखि गाँजा खेतीलाई कानूनी मान्यता दिनुपर्ने बहस हुने गरेकोमा सांसद् विरोध खतिवडाले संसद्मा गाँजा खेतीलाई कानूनी मान्यता दिइनुपर्ने बताएपछि यसमाथि चर्चा परिचर्चा हुन थालेको थियो । संयुक्त राष्ट्र संघले कानूनी मान्यता दिएसँगै नेपाललाई पनि गाँजा प्रतिवन्ध फुकुवा गर्ने अवसर मिलेको छ । यद्यपि, नेपालमा गाँजालाई कानूनी मान्यता दिइनुपर्ने विद्येयक ८ महीना अघि नै बनेकोमा उक्त विद्येयक संसद्मा रोकिएको छ ।