काठडमाडौँ – काठमाडौँको नागार्जुन नगरपालिका सिता पाइलामा सामुदायिक शिक्षण संस्था सिर्जना कलेज अफ फाइन आर्टको भवन शिलान्यास भएको छ ।


ADVERTISEMENT


बुधबार संघीय प्रतिनिधिसभाका सांसद जीवन राम श्रेष्ठले नार्गाजुन नगरपालिका वडा न. ५ छोकडोल सितापाईलामा मुनाफा रहित सामुदायिक शिक्षण संस्था श्रृजना कलेज अफ फाइन आर्टको उक्त भवन निर्माणका लागि जगको शिलान्यास गरेका हुन् ।


ADVERTISEMENT

# # #


साढे दुई रोपनीक्षेत्रफलमा निर्माण हुनलागेको भवनको कुल लागत ५ करोड ५० लाख रहेको छ। भवन निर्माणको लागि काठमाडौं महानगरपालिकाबाट र युजीसीबाट सहयोग प्राप्त भएको र नपुग रकम संघीय र प्रदेश सरकारसँग सहयोगको अपेक्षा गरेको कलेज संचालकले बताए ।

शिलान्याशपछि बोल्दै सांसद श्रेष्ठले आर्ट विधामा गैर नाफामुलक समुदायबाट सञ्चालन गरिएको एकमात्र कलेज भएको र राष्ट्रलाई चिनाउने संस्कृति सम्पदा र इतिहास लाई संरक्षण गर्दै जिबन्त राख्ने कला भएको हुँदा यसको विकास र विस्तार गर्न अति आवश्यक भएको बताए । उनले राष्ट्रको समृद्धिको चिनारी पनि भएकाले सरकारले यस्तो विधाको विकासमा थ्यान दिनु पर्ने उल्लेख गरे ।

वर्तमान सरकार समृद्धिको लक्ष्य लिएर अगाडि बढेको हुंदा सरकारको तर्फबाट सहयोग हुनेमा विश्वास व्यक्त गरे । कलेज भवनको निर्माण कार्य समयमा सम्पन्न गर्न आफ्नो तर्फबाट पुर्ण सहयोग गर्ने उनले बताए। उक्त कार्यक्रममा नार्गाजुन नगरपालिकाका उपमेयर सुशिला अधिकारी, वडा न. ५ का अध्यक्ष महेश रिमाल, कलेज संचालक समितिका अध्यक्ष मनमोहन श्रेष्ठ लगायत संचालकसमितिका पदाधिकारी र स्थानीयको उपस्थिति रहेको थियो ।