काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल पुरुष तथा महिला खेलाडीले अबदेखि समान पारिश्रमिक पाउने भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को कार्यसमिति बैठकले पुरुष तथा महिला खेलाडीलाई समान पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको हो ।


ADVERTISEMENT


एन्फाले राष्ट्रिय फुटबल टोलीका खेलाडीको पारिश्रमिकमा समेत वृद्धि गरेको छ । पुरुष तथा महिला खेलाडीले जनही मासिक रु १८ हजार पारिश्रमिक पाउने एन्फा प्रवक्ता किरण राईले जानकारी दिए ।


ADVERTISEMENT

# # #


लामो समयदेखि खेलाडीको पारिश्रमिकमा वृद्धि हुन सकेको थिएन । पुरुष तथा महिला खेलाडीले पारिश्रमिक वृद्धिको माग गर्दै आएका थिए । पुरुषको तुलनामा महिलाको पारिश्रमिक आधाभन्दा कम भएका कारण त्यसको विरोध हुँदै आएको थियो । यसअघि पुरुष खेलाडीले मासिक जनही रु १५ हजार तथा महिला खेलाडीले जनही रु सात हजार पारिश्रमिक पाउने गरेका थिए ।

पहिलो पटक पुरुष र महिला फुटबल खेलाडीले समान पारिश्रमिक पाउन लागेको प्रवक्ता राइले बताए ।