काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कोरोनाका कारण थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन थप राहत प्याकेजको तयारीमा सरकार रहेको बताएका छन् । शनिबार काठमाडौंमा सम्पन्न नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को पाँचौँ महासभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।


ADVERTISEMENT


सो अवसरमार अर्थमन्त्री पौडेलले विश्व कोभिड–१९ को महामारीबाट आक्रान्त रहेको दोहोर्याउदै भने, ‘आर्थिक र सामाजिक क्षेत्र यसबाट समस्यामा छ। आर्थिक सामाजिक जिवनलाई पुर्ववत अवस्थामा फर्काउनु पर्ने चुनौती आइपरेको छ । मैले कोभिड विरुद्धको लडाईमा सरकार, निजी क्षेत्र र सञ्चार क्षेत्र सामाजिक जिवनका व्यक्तीहरु र नागरिकबीच जुन प्रकारको सहकार्य भइरहेको छ । कोभिडको लक्षण देखिएका संक्रमित व्यक्तहरुको परिक्षण र उपचार गर्नुपर्ने अवस्थामा रहेका विरामीहरुको जिम्मा सरकारले लिन्छ । नागरिकको जिवनको रक्षा सरकारको प्राथमित्ता रहेकोले संक्रमितहरुको परिक्षण र उपचार गर्नुपर्ने सबै नेपालीको जिम्मा सरकारले लिन्छ यसका साथै थप राहत प्याकेज पनि ल्याउने छौँ ।’


ADVERTISEMENT

# # #


अर्थमन्त्री पौडेलले चाडै नै सबै नेपालीलाई कोरोना विरुद्धको गुणस्तरिय खोप उपलब्ध गराउने पनि बताएका छन् । उनले भने, ‘हामी बिना बिलम्ब गुणस्तरिय भ्याक्सिन तुलनात्मक रुपमा सस्तो मूल्यमा आयात गछौँ । सबै नेपालीलाई प्राथमिकताका आधारमा खोप लगाउने व्यावस्थापन गर्ने सरकारले तयारी गरिरहेको छ । चाडै नै सबै नेपालीलाई कोरोना विरुद्धको गुणस्तरिय खोप उपलब्ध गराएर नेपालीको बाच्ने अधिकारलाई सुरक्षित गछौँ ।’

अर्थमन्त्री पौडेलले कोरोना महामारीका कारण जति पनि असरहरु भएका छन् त्यसबाट अब हामीले कसरी बाहिर निस्किन सक्छौँ र पहिलाकै अवस्थामा फर्कन सक्छौँ भन्ने चुनौतीपुर्ण प्रश्न खडा भएको बताए । महामारीमा रोजगार गुमाएकालाई कसरी रोजगारी दिने भन्नेमा सरकारको ध्यान केन्द्रित रहेको पनि उनले बताए ।

त्यस्तै, अर्थमन्त्री पौडेलले कोरोनाका कारण आर्थिक क्षेत्रले जुन प्रहार सहनु परेको छ त्यो प्रहारलाई सहज गर्ने मात्र होईन सामना गर्न पनि सरकार लागि परेको बताए । यसका समाधानका लागि सरकार हात दिन मात्र होईन साथ दिन पनि तयार रहेको अर्थमन्त्री पौडेलको भनाई छ ।

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रको समस्यासँग लड्नका लागि निजी क्षेत्रका सबै छाता संगठन एक भएको बताएका छन् । उनले विगतको आरोप चिर्दै निजी क्षेत्रका तीन वटै संगठन एक भएर अगाडी बढ्ने निर्णय भएको बताएका हुन्। उनले भने, “निजी क्षेत्रका छाता संगठन आ–आफ्नै स्वार्थका लागि काम गर्ने गरेको आरोप थियो। तर, निर्वाचनपछि हामी तीनवटै संस्था एक भएर अगाडी बढ्ने निर्णय गरेका छौं।” उनले विगतमा महासंघ, चेम्बर अफ कमर्श र उद्योग परिसंघ नमिल्दा निजी क्षेत्रका समस्या ओझेलमा परे पनि महासंघको निर्वाचनपछि सबै क्षेत्र मिलेर आगाडी बढेका छौं । यस्तै, ढकालले कोभिडका कारण नेपालमा भई रहेको व्यवसाय बन्द भएको र आफ्नो क्षमतामा नचलेको अवस्था रहेको बताए । भने, “ती सबै उद्योग व्यवसायलाई पुरानै क्षमतामा फर्काउन पर्ने चूनौती आएको छ ।”

ैत्यसैगरि, उक्त महासभामा सम्बोधनका क्रममा बैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष तथा कृषि उद्यमि पवन गोल्यानले कोभिड–१९ ले नेपालको अर्थतन्त्रमा ल्याएको भार बैंकिङ क्षेत्रले थेगेको बताएका छन्। उनले महामारीले अर्थतन्त्रमा निम्त्याएको संकट बैंकहरुले थेगेको दाबी गरेका छन् । गोल्यानले महामारीको समयमा अर्थतन्त्रको भार लिए पनि सबैले बैंक तथा वित्तीय संस्थालाई गाली गर्ने गरेकोमा असन्तुष्टि व्यक्त गरे । उनले भने, “नेपालका सबै वित्तीय कम्पनीहरु पारदर्शी हिसाबले काम गर्छन्। तर, पनि सबैले यही क्षेत्रलाई गाली गर्ने गर्छन ।” यस्तै, बैंक तथा वित्तीय संस्था क्षेत्रको कानुन बनाउँदा यही क्षेत्रसँगको सहकार्यमा बनाउँदा कार्यान्वयमा सहजता तथा प्रभावकारी देखिने उनले बताए ।

यसैगरि, चेम्बर अफ कमर्शको अध्यक्ष राजेशकाजी श्रेष्ठले आफूले व्यक्तीगत कुरा गर्न छाडिसकेका बताउँदै भने महासंघ, सीएनआई र चेम्बरले सबै निजी क्षेत्रको हक हितका लागि काम गर्ने प्रतिबद्धता रहेको छ । उनले भने, ‘कसरी आर्थिक क्षेत्र चलायमान हुन्छ भनेर हामी अगाडी बढेका छौं। आर्थिक पत्रकारहरुले नकरात्मक मात्रै हैन सकरात्मक कामलाई पनि साथ दिनुहुन अनुरोध गर्दछु । सरकारले एउटा स्वेत पत्र जारी गरेर निजी क्षेत्रको मनोवल वृद्धिका लागि काम गरिदिनुहुन अनुरोध गर्दछौं।’ उनले थपे, ‘चेक बाउन्सको कुरा छ । हामीसँगको सबै चेक क्यास भइसकेको छैन। चेक बाउन्सका लागि कडा निती ल्याउनु पर्छ। चेक बाउन्सले व्यवसायीलाई समस्या पारेको छ । चेक बाउन्सका लागि एउटा कडा नियम ल्याएमा कारोबार गर्न सहज हुन्छ । सामानहरु कति फिर्ता आइरहेको छ। कतिको डेट एक्सपायर भइरहेको छ । करको हिसाबले पनि सबै राख्नुपर्ने। ड्यामेज हुनेवित्तीक्कै कर तिर्न नपरोस भन्ने हाम्रो चाहाना हो ।’