काठमाडौँ – काठमाडौं महानगरपालिका–१ दरबारमार्गस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएम बुथ तोडफोड गरिरहेको अवस्थामा एक जना पक्राउ परेका छन् । प्रहरीले काठमाडौं कपन बस्ने खोटाङ घर भएका ३० वर्षीय आनन्द तामाङलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।


ADVERTISEMENT


उनले उक्त एटिएम बुथ तोडफोड गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो । तोडफोडबाट बुथको दाँया भागको शिशा फुटेको र एक थान सिसिटिभिमा क्षति पुगेको छ ।


ADVERTISEMENT

# # #


प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।