काठमाडौं । सांसद रेशमलाल चौधरी र लक्ष्मण थारूलाई जिल्ला अदालत कैलालीले सुनाएको जन्मकैदको फैसलालाई उच्च अदालतले सदर गरेकोमा पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले असन्तुष्टि व्यक्त गरेका छन्।


ADVERTISEMENT


बिहीबार अबेर सुनाइएको फैसलामाथि ट्विटरमा प्रतिक्रिया दिदैं भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दिई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै यस्तो फैसला आउनु अन्यायपूर्ण भएको बताएका छन्।


ADVERTISEMENT

# # #


भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ”यथास्थितिको रक्षार्थ कानून र अदालत बन्छन्। अत उत्पीडित थारूजातिको मुक्ति अभियानमा लागेका सांसद रेशम चौधरी,लक्ष्मण थारूलगायतका थारू नेतालाई अदालतले दोषी ठान्नु नौलो भएन विडम्बना झापाविद्रोह र जनयुद्धका नायकहरूको राजमा थारूविद्रोह अपराध ठहरियो यो अन्याय सैह्य छैन। थारू नायकहरूलाई सलाम ।”