काठमाडौँ – नबिल बैंक लिमिटेडले स्थानिय बासिन्दाको अर्थिक गतिविधिमा सहयोग पुर्याउने उद्देश्यले डोटीको सायल र बैतडीको पञ्चेश्वर गाउँपालिकासँग सम्झौता गरेको छ ।


ADVERTISEMENT


बैँकले गाउँपालिकामा रहेका शाखा मार्फत स्थानिय निकायसँग समन्वय गरि साना तथा मद्यौला व्यवसायका साथै कृषि सम्बन्धि कार्यक्रममा सहयोग पुर्याउनको लागि स्थानिय निकायसँग सम्झौता गरेको हो ।


ADVERTISEMENT

# # #


जस अनुसार आइतबार सायल गाउँपालिकाका अध्यक्ष तेज बहादुर डुम्रेल र सोमबार पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दसँग नबिल बैंकका सहायक महाप्रबन्धक गणेश प्रसाद अवस्थीको उपस्थितिमा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख दिगेन्द्र चन्द विच एम.ओ.यु मा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा जनप्रतिनिधि, स्थानिय व्यबसायी, व्यापारी, महिला उद्यमी, कृषक एवम विभिन्न राजनीतिक दलहरुका प्रतिनिधि समेतका उपस्थिती थियो। त्यस अवसरमा नबिल बैंकका सहायक महाप्रबन्धक अवस्थीले नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशिका अनुरुप व्यवसायिक कृषि तथा पशुपन्छी र महिला उद्यमशिलतामा आधारित सहुलियत पुर्ण कर्जाको माध्यमबाट स्थानीयको आर्थिक विकासमा बैंकले के कस्तो योगदान दिन सक्छ भन्ने विषयमा स्पष्ट पारे ।

गाउँपालिकाका अध्यक्षद्वय तेज बहादुर डुम्रेल र गोरख बहादुर चन्दले, बैंक र गाउँपालिका बीचको सम्झौता प्रशंसा योग्य रहेको धारण व्यक्त गरे । सो कार्यक्रममा उपस्थित प्रतिनिधिहरुले यो सम्झौताबाट सो क्षेत्रको कृषि तथा उद्यमशिलताको क्षेत्रमा व्यापक परिवर्तन ल्याउनका साथै गाउँको आर्थिक विकासका गतिविधिमा थप टेवा पुग्ने धारणा व्यक्त गरे ।

नबिल बैंकले ११९ वटा शाखाहरु, १८५ वटा एटिएमहरुको विशाल संरचना र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरेर आफ्ना सबै स्टेकहोल्दरहरु संगै अघि बढ्ने विश्वास राखेको छ ।