काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै अध्यक्ष बाट पदमुक्त गरेको घोषणा गरेको प्रचण्ड–नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेता सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने भएको छ ।


ADVERTISEMENT


आज दिउँसो १ बजे बस्ने वैठकले अर्थमन्त्री समेत रहेका विष्णु पौडेललाई हटाएर पाण्डेलाई महासचिवमा नियुक्त गर्ने लागेको हो ।


ADVERTISEMENT

# # #


भीम रावल, वर्षमान पुन र जनार्दन शर्माको नाम पनि महासचिवका लागि सिफारिस गरिएकोमा वरिष्ठताका आधारमा पाण्डेलाई महासचिवमा नियुक्त गर्न लागिएको उक्त समूहका एक नेताले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि प्रचण्ड–नेपालको समूहले प्रतिरोधात्मक विद्रोह शुरु गरेको थियो । उक्त समूहले प्रधानमन्त्री ओलीले असंवैधानिक काम गरेको भन्दै कारवाही गरेर उनको ठाउँमा माधव नेपाललाई अध्यक्ष नियुक्त गरिसकेको छ ।