काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी ५१ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । रामेछाप पकरबास निवासी रोशन बुडाथोकीको नेतृत्वमा उनीहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।


ADVERTISEMENT


नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उनीहरुलाई टीका लगाएर पार्टी प्रवेश गराएका छन् । पार्टी प्रवेश कार्यक्रममा विशिष्ट अतिथिका रुपमा लब न्यौपाने, रामचन्द्र खड्काले नवप्रवेशीलाई शुभकामना दिए । नेपाली काङ्ग्रेस रामेछाप सम्पर्क समितिको सभापती राजनारायण श्रेष्ठको अध्यक्षतामा पार्टी प्रवेश गराइएको थियो ।


ADVERTISEMENT

# # #


पार्टी प्रवेश गर्नेहरुमा रोशन बुडाथोकी, कृष्णहरि खड्का, अमित कार्की, हेम ब कार्की, तुला ब कार्की, अनिल थापामगर, कृष्ण श्रेष्ठ, मोहन भण्डारी, राजन भण्डारी, रुपेश भण्डारी, ।पदम ब मोक्तान, पाशङ लामा, मोति घिसिङ, शन्देश लामा र गोपि खत्री रहेका छन् ।

यस्तै जीवन श्रेष्ठ, मिलन श्रेष्ठ, रोज ब लामा,प्रकाश थापा, शुजन मोक्तान, सागर योण्जन, सुरेन्द्र पण्डित, गडेश पण्डित, राज कु थामी, रबिन मोक्तान, अम्बर मगर, मीन न मगर, दम्बर मगर, मीन ब मगर र प्रदीप मगर पनि नेकपा त्याग गरेर कांग्रेसमा आएका छन् । यस्तै मुकुन्द खत्री, भुवन मिजार, सार्की तामाङ, बाबुराम तामाङ, शम्भु श्रेष्ठ, रामचन्द्र खत्री, अनिल लामा, सुमन मगर, बिक्रम केसी लगायत रहेका छन् ।