काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमाथिको कुनै पनि हस्तक्षेप स्वीकार नहुँने बताएका छन् । कञ्चनपुर घटनाको विरोधमा माओवादी केन्द्रको सात नम्वर प्रदेशका टोलीको ज्ञापन पत्र बुझेपछि प्रधानमन्त्रीले घटनालाई सरकारले निकै संवेदनशिल तरिकाले लिएको बताए ।
प्रधानमन्त्रीले भने
– कञ्चनपुर घटना विषयमा परराष्ट्र मन्त्रालयबाट विज्ञप्ती आएको छ ।
–गृह मन्त्रालयबाट यो विषयमा आफ्नो धारणा आएको छ ।
–यो घटनालाई नेपाल सरकारले संवेदनलिशता र गंभीरताका साथ लिएको छ ।
–कुटनीतिक रुपले सरकारले आफ्नो कुरा राखेको छ ।
–हाम्रो देश सार्वभौम राष्ट्र भएकाले घटनालाई निन्दनीय भनेका छौँ । यसको भत्र्सना गरेका छौँ ।


ADVERTISEMENT


–घटनाको अनुसन्धान गरेर आबश्यक कारवाहीका लागि कुटनीतिक पहल भएको छ ।
–हामी छिन छिनमा स्थानीय राजनीतिक दल र सरकारी अधिकारीसँग संवाद गरिरहेका छ । स्थिति सामन्यकरण गर्ने काम भएको छ ।
–मृतकलाई सहीद घोषणा गर्ने निधो भएको छ ।
–उहाँहरुको परिवारलाई १० लाख दिने निर्णय भएको छ ।
–बालबच्चालाई पठनपाठनको व्यवस्था राज्यले गर्ने निर्णय भएको छ ।
–पोष्टमार्टम गरेर सम्मानपूर्वक अन्तेष्टी गरिनेछ ।


ADVERTISEMENT

# # #


–सरकार धेरै संवेदिनशिलताका साथ लागेको छ ।
–मृतकलाई सम्मान गर्ने कुरामा सरकारको कुनै कन्जुसाई हुदैन ।
–हामीमाथि हुने कुनै हस्तक्षेप स्वीकार्य छैन ।
–गृहमन्त्रीले संसदमा पनि कुरा राख्दै हुनुहुन्छ ।
–अनावश्यक उत्तेजना फैलाएर केही हुँदैन ।
–हामी जनताको भावनाको सम्मान गर्छौँ । सीमामा गएर तनाव बढाउनेतिर नजानुहोला ।
–संयमित भएर विरोधका कार्यक्रम राख्नुहोला ।
–आवेगले मात्र समस्याको समाधान हुँदैन ।
–जनताको राष्ट्रिय भावनालाई सरकार उच्च सम्मान गर्छ ।