काठमाडौँ – सरकारी वकीलहरुको तेस्रो राष्ट्रिय सम्मेलन, २०७७ सम्पन्न भएको छ ।


ADVERTISEMENT


सम्मेलनको अन्तिम दिन समूह कार्यपत्र प्रस्तुती, सामुहिक छलफल, समूहगत प्रस्तुती, घोषणापत्रको प्रस्तुती तथा समापन समारोह आयोजना गरी विधिवत रुपमा समापन गरिएको थियो ।


ADVERTISEMENT

# # #


७० बढी पर्यवेक्षक रहेको सम्मेलनमा महान्यायाधिवक्ता, नायब महान्यायाधिवक्ता, सहन्यायाधिवक्ता, उपन्यायाधिवक्ता, सहायक न्यायाधिवक्ता गरी जम्मा ३९४ जनाको उपस्थिति रहेको थियो ।

सम्मेलनमा पहिलो सत्रमा फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को कार्यान्वयनको अवस्था र सुधारका क्षेत्रहरुको विषयमा प्रस्तुती रहेको थियो । यसैगरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को कार्यान्वयनको अवस्था र सुधारका क्षेत्रहरु,  महान्यायाधिवक्ताको कार्यालयको पञ्चवर्षीय रणनीतिक योजनाको कार्यान्वयनको अवस्था र तेस्रो रणनीतिक योजना तर्जुमा गर्दा विचार गर्नु पर्ने कुराहरु, सरकारी वकील सम्मेलनमा भएका विगतका घोषणापत्रहरुको कार्यान्वयनको अवस्था लगायतको प्रस्तुति सम्मेलनमा गरिएको थियो ।

यसैगरी अभियोजन नीति र अभियोजन सुधार वर्ष, मुलुकी अपराध संहिता, २०७४ को कार्यान्वयनको अवस्था र सुधारका क्षेत्रहरु लगायतका सत्रहरु सम्मेलनमा राखिएको थियो ।