काठमाडौँ – ताप्लेजुङको पाथीभरा जंगलबाट फैलिएर पाथीभरा मन्दिरमा क्षेत्रमा पुगेको आगलागी नियन्त्रणमा आएको छ ।


ADVERTISEMENT


आगो नियन्त्रणमा आएसँगै पाथीभरा मन्दिर खतरामुक्त रहेको सुरक्षित रहेको पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले हिमालय पोष्टलाई बताएका छन् ।


ADVERTISEMENT

# # #


उनले भने, ‘मन्दिर पछाडिको भागसम्म आगो आएको थियो । त्यो आगो नियन्त्रणमा आइसकेको छ । अब मन्दिर जोखिममुक्त छ ।’ मन्दिर भन्दा तल रहेको अग्नि नियन्त्रक रेखाका कारण मन्तिरसम्म आगो पुग्न नसकेको उनले बताए । उनका अनुसार आगलागी नियन्त्रणका लागि हेलिकोप्टरमार्फत पानीका फोहोरा समेत फालिएको थियो ।

मन्दिर क्षेत्रको आगो नियन्त्रणमा आए पनि जंगलमा भने भीषण आगलागी भइरहेको छ । जंगलमा आगो जति फैलिए पनि अब मन्दिर क्षेत्रमा भने खतरा छैन ।

पाँच दिनदेखि लागेको आगो नियन्त्रणमा लिन नसकेपछि बढ्दै गएको आगो सोमबार बिहान पाथीभरा मन्दिर परिसरमा पुगेको थियो ।

तस्बिर : मनमणि काफ्ले