काठमाडौँ – नेपाल कम्यु्निस्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुधारका लागि आफूले अनेक प्रयास गरेको बताएका छन् ।


ADVERTISEMENT


बुधबार बबरमहलमा आयोजित नेकपा ओली समूहको सुदूरपश्चिम कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले प्रतिनिधिसभाको निर्वाचन भइसकेपछिका तीनवर्षमा प्रचण्डलाई सुधार्न खोजे पनि नसकेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


‘यी तीन वर्षमा मेरा साबुनका धेरै डल्लाहरु खर्च भए । धेरै स्याम्पू खर्च भयो । ड्रमका ड्रम, ट्यांकीका ट्यांकी पानी खर्च भयो उहाँलाई धुँदाधुँदा ।’ प्रधानमन्त्री ओलीले भने, ‘साबुन लायो, पखाल्यो, जस्ताको त्यस्तै ।’

ओलीले पार्टी एकता बचाउनका लागि प्रचण्डसँग धेरै सम्झौता गर्न वाध्य भएको बताउँदै भने, ‘प्रचण्डसँगका सम्झौताले ब्रिफकेस नै भरिएको छ। यति धेरै सम्झौता गर्नुपर्‍यो। जहिल्यै सम्झौता। जहिल्यै सम्झौता। मेरो एउटा ब्रिफकेस नै भरिएको छ प्रचण्डसँगका सम्झौताले गर्दा ।’

प्रचण्डको ध्यान कसरी कब्जा गर्ने, कसरी हत्याउने मात्रै रहेको उनले बताए । उनले तत्कालीन एमालेसँग ४० प्रतिशत भाग लिएर निर्वाचन जिते पनि सरकार निर्माणका लागि प्रचण्ड कांग्रेसतिर लागेको बताए । ‘उहाँ वामपन्थीसँग गठबन्धन गरेर सरकार निर्माणका लागि दक्षिणपन्थीसँग लाग्नु भयो ।’ ओलीले भने, ‘प्रधानमन्त्रीको शपथका लागि म शितल निवास जाँदैं गर्दा उहाँले आफ्नाएकजना मन्त्री पनिपठाउनु भएन । उहाँ के के पकाउँदै हुनुहुन्थ्यो भित्रभित्र ?’

ओलीले आफूले मित्रताको अंगालो हाल्न खोजे पनि प्रचण्ड धृतराष्ट्र बन्न बन्न खोजेको आरोप लगाए । ‘मैले मित्रताको अंगालो हाल्न खोज्‍ने तर उहाँ धृतराष्ट्र बन्‍न खोज्‍नुभो।’

छोरीलाई जिताउन मतपत्र च्यातेर प्रचण्डले प्रजातन्त्रलाई धुजाधुजा पारेको बिर्सिन नहुने बताए ।