काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हालै आफ्ना कर्मचारीहरुको ज्ञान, सीप र क्षमता अभिबृद्धि गर्न तालिम दिएको छ ।


ADVERTISEMENT


होटेल उडल्याण्ड, दरबारमार्ग काठमाडौंमा आयोजित उक्त तालिममा रविनकुमार आचार्यले प्रशिक्षण दिएका थिए ।तालिममा आधारभुत सफ्ट स्किल, उत्प्रेरणा र ग्राहक सम्बन्ध व्यवस्थापन लगायतका विषयवस्तुहरु समावेश गरिएको थियो ।


ADVERTISEMENT

# # #


तालिममा कम्पनीका प्रमुखकार्यकारी अधिकृत टिकानिधि लोहनी, प्रमुख व्यवस्थापक विनोद राज पौडेल, जुनियर अधिकृत र सहायक स्तरका कर्मचारीहरुको सहभागिता रहेको थियो । समय– समयमा कर्मचारीहरुका लागि विभिन्न तालिमहरु सञ्चालन गर्दै आएको कम्पनीले बताएको छ ।

ग वर्गको इजाजतपत्रप्राप्त राष्ट्रिय स्तरको उक्त कम्पनीले पाँच ओटा शाखाहरुमार्फत कारोबार गर्दै आएको छ ।